२०८१ बैशाख ६, बिहिबार

रुसले युक्रेनको राजधानी किभमा आक्रमण तीव्र बनाए

लहनान्युज | सिल्लागा आमै ११४२, फागुन १८ बुधवाः

दुई देशबीचको शान्ति वार्ता विफल भएपछि रुसले युक्रेनको राजधानी किभमा आक्रमण तीव्र बनाएको बीबीसीले जनाएको छ।

दुई संस्थाले संयुक्त विज्ञप्ति निकालेर बढ्दो मृल्यवृद्धी रोक्न र युक्रेनी नागरिकको सहायताका लागि अर्को हप्तासम्ममा सहयोग रकम तीन सय ५० बिलियन डलर पुर्याउने बताएका छन्।

रुसले केही समयअघि किभमा रहेको टिभी टावरमा आक्रमण गर्दा पाँच जनाको ज्यान गएको युक्रेनले जनाएको छ । रुसले अहिले किभमा रहेका सुरक्षा र प्रविधि संयन्त्रहरुलाई लक्षित गरी आक्रमण गरिरहेको छ।

यसैबीच विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनका लागि तीन बिलियन अमेरिकी डलर सहायता घोषणा गरेको छ ।संयुक्त राष्ट्रंघका लागि रुसी राजदुत गेनाडी गाटिलोभले युक्रेन र उसलाई सहयोग गर्नेहरुले आवश्यक कुटनीतिक पहल नगरेको बताउनुभएको बीबीसीले जनाएको छ।