२०८१ बैशाख १४, शुक्रबार

अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाए

लहनान्युज | सिल्लागा आमै ११४२, फागुन १८ बुधवाः

राष्ट्रपति जो बाइडेनले संसदलाई संबोधन गर्दै प्रतिबन्धको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ।

अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसको स्वामित्वमा रहेका तथा रुसी कम्पनीद्वारा सञ्चालित विमानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको उहाँले बताउनुभयो।

रुसले युक्रेनमाथि आक्रमण शुरु गरेपछि युरोपका धेरै देशले रुसी जहाजमाथि प्रतिबन्ध लगाइसकेका छन्। रुसबाट अमेरिकाका लागि हुने केही उडानहरु यसअघि नै रद्द भैसकेका छन् । बाइडेनले हवाई क्षेत्रमा गरेको प्रतिबन्धले रुसलाई एक्ल्याउने र उसको अर्थतन्त्रमा थप दवाव पुग्ने बताउनुभएको छ।

यसैबीच रुसले युक्रेनमाथि आक्रमण थप तीव्र बनाएको छ। युक्रेनको राजधानी किभमा सुरक्षा तथा प्रविधि केन्द्रहरुलाई लक्षित गरी रुसले स्थल तथा हवाई आक्रमण गरिरहेको छ।

आक्रमणको निशानामा सञ्चारमाध्ययम, नागरिक, विद्यालय, अस्पताल लगायत पनि परेका छन्।