२०८१ बैशाख १४, शुक्रबार

मतदाता नामावली सच्याउन आयोगले २६ फागुनसम्म समय

लहनान्युज | चिल्लाथ्व पारु ११४२, फागुन १९ बिहीवाः

मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउन निर्वाचन आयोगले २६ फागुनसम्मको समय दिएको छ । आयोगले २० फागुनमा मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेवसाइटमार्फत सार्वजनिक गर्दैछ ।
 
यदि कोही मतदाताको नामावलीमाथि उजुरी परे प्रमाणसहित सफाइको मौका पनि दिइने आयोगले जनाएको छ ।
 
नामावलीमा रहेका त्रुटि सच्याउन, झुटो विवरण दिई नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, एक भन्दा बढी स्थानमा नाम समावेश भएको भए एक ठउँको मात्र कायम गर्न र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन २६ फागुनसम्म निवेदन दिन सक्ने आयोगले बताएको छ ।
 
आयोगका अनुसार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि अर्थमन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित पनि गरेको छ।
 
स्थानीय निर्वाचनका लागि आयोगमा ८० दल दर्ता भएको र ती दलको निवेदनमाथि जाँचबुझ भएको भन्दै आयोगले दलहरुको अन्तिम नामावली फागुन २६ मा प्रकाशन हुने पनि जानकारी दिएको छ ।