२०८१ बैशाख १३, बिहिबार

रुस र युक्रेनको दोस्रो चरणको वार्ता समाप्त

लहनान्युज | चिल्लाथ्व द्धितीया ११४२, फागुन २० शुक्रवाः

रुस र युक्रेनका प्रतिनिधिबीच भएको दोस्रो चरणको वार्ता सकिएको छ।

दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमित गर्दै दोस्रो चरणको वार्ता टुङ्गिएको हो । ‘दोस्रो चरणको वार्ता सकिएको छ तर युक्रेनले खोजेको नतिजा अझै प्राप्त भएको छैन’ युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलियाकले ट्विटरमा लेखेका छन्, ‘मावनीय सहायताका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने निर्णय मात्रै भएको छ ।

‘रुसका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले समेत मानवीय सहायताका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने सहमति भएको पुष्टि गर्दै दोस्रो चरणको वार्तालाई ‘ठूलो प्रगति’ भनेका छन् । यही आधारमा युद्ध विराम गर्न सकिने पनि उनको भनाइ थियो ।