२०८१ बैशाख १२, बुधबार

रुसविरुद्ध जंगल, मैदान र समुद्री तटबाट आक्रमण जारी राख्ने, युक्रेनका राष्ट्रपति भोलोदिमिर

लहनान्युज | चिल्लाथ्व सप्तमी ११४२, फागुन २५ बुधवाः

बेलायतको तल्लो सदन (हाउस अफ कमन्स)मा सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जंगल, मैदान र समुद्री तटबाट आक्रमण जारी राख्ने बताएका छन्।

सम्बोधनको क्रममा उनले शेक्सपियर र विन्स्टन चर्चिलको व्याख्या गर्दै युक्रेनीहरुले रुसी आक्रमणको प्रतिरोध जारी राख्ने बताए।

उनले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई रुसविरुद्ध थप प्रतिबन्ध लगाउन र युक्रेनमा मानवीय सहायता जारी राख्न आह्वान गरेका थिए।

उनले रुसलाई आतंकवादी घोषणा गर्न आह्वान समेत गरेको अलजजिराले जनाएको छ।