२०८१ बैशाख ८, शनिबार

अमेरिकाले रुस बिरुद्ध थप नयाँ नाकाबन्दीको घोषणा

लहनान्युज | सिल्लागा त्रयोदशी ११४२, २ बुधवाः

अमेरिकाले रुस बिरुद्ध थप नयाँ नाकाबन्दीको घोषणा अमेरिकाले रुस बिरुद्ध थप नयाँ नाकाबन्दीको घोषणा गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शक्ति संरचनाभित्र रहेका थप व्यक्तिमाथि नाकाबन्दीमा पर्नेमा वरिष्ठ रुसी सैनिक अधिकारीहरु र क्रेमलिनको गठबन्धन बेलारुसका नेता छन्।

केही नयाँ नाकाबन्दी सन् २०१२ को अमेरिकाको कंग्रेसको मानव अधिकार हनन् गर्नेहरुविरुद्ध कारबाही गर्न बनाइएको म्यागन्त्स्किी कानुन अनुसार कार्यान्वयन गरिएका छन्।

भ्रष्टाचार र मानव अधिकार उल्लंघन गरेको आरोप लगाइएका दुईजना व्यक्ति अर्थात एक जना न्यायधिश र अर्का अनुसन्धानकर्ता माथि पनि नयाँ नाकाबन्दी लक्षित गरिएको छ।

आधुनिक समयमा अमेरिकाले रुसका संघ संस्था लगायत व्यक्तिहरुमाथि अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाएको छ।