२०८० चैत्र १६, शुक्रबार

महानगरका मेयर विद्यासुन्दर शाक्यबात कमलपोखरीको उद्घाटन

रसिया श्रेष्ठ | सिल्लाथ्व चतुर्दशी ११४२, ३ बिहीवाः

महानगरको वडा नं. १ मा पर्ने यो पोखरी पुननिर्माण गर्न २०७६ असार १९ गते उहाँ (मेयर शाक्य) ले शिलान्यास गर्नुभएको थियो ।पोखरी पुननिर्माण गर्न र सौन्दर्य बढाउने कामका लागि महानगरले ९ करोड ४६ लाख ९९ हजार ५०२ रुपैयाँ ८१ पैसा लागत अनुमान गरेको थियो । यसका आधारमा गरिएको खुल्ला प्रतिस्पर्धाबाट धनञ्जय कंडेल जे. भि. रानीबारीले ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँ ६३ पैसा कबोल गरेर जिम्मा पायो ।

२०७७ असार १५ गतेभित्र पुननिर्माण पूरा गर्ने मुख्य शर्तका आधारमा निर्माण पक्षलाई महानगरले ०७६ असार ६ गते कार्यादेश दिएको थियो । कोविड महामारीले निर्माण सामग्री ल्याउन र जनशक्ति परिचालन गर्न नसकिने अवस्था आएपछि पुननिर्माणको काम तोकिएको समयमा काम नभएर ढिला भएको हो ।पोखरी उद्घाटनपछि बोल्दै मेयर शाक्यले भन्नुभयो, ‘हामीले स्थानीय र सरोकारवालासँग छलफल गरेपछि प्राप्त भएको सुझावलाई समेटेर पोखरी पुननिर्माण गरेको हौँ । हामीले गरेको काम तपाईका आँखा अगाडि छ । पोखरीमा सबैले स्वामित्व बोध गर्न सक्नुहोस् भन्ने हाम्रो अपेक्षा थियो ।

यसमा सफल भएको मैले महसुस गरेको छु ।’‘सम्पदा पुननिर्माण गर्दा मौलिकता विग्रिन दिनु हुँदेन । यसको बलियोपन, सुरक्षा र उपयोगका लागि केही आधुनिक सुविधा पनि थप्नु पर्छ । हामीले जहाँ पार्क बनाउँछौँ त्यहाँ शौचालय अनिवार्य गरेका छौँ । पार्कमा घुम्न आउने व्यक्तिले शौचालय नपाएर बसाइ छोट्याउनु नपरोस् । मधुमेहको समस्या भएका पाका उमेरमा आमाबुबाले शौचालय छैन । कसरी घुम्नु भन्नु नपरोस् ।’ मेयर शाक्यले भन्नुभयो, ‘पुननिर्माणको शुरुवात सुखद थियो । भ्रम प्रचार भएर मध्यभागमा केही समस्या देखियो । त्यो भ्रमलाई हामीले चि¥यौँ र पुननिर्माणलाई आजको अवस्थामा पु¥यायौँ ।’त्यस क्रममा बोल्दै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, धेरै जग्गा भएका ठाउँमा ठूलो र थोरै जग्गा भएका ठाउँमा सानै भए पनि पार्क बनाउने नीतिअनुरुप पार्क निर्माण भइरहेको बताउनुभयो । ‘भित्री सहरी क्षेत्रमा बल गर्दा पनि पार्क बनाउन सकिँदैन।

त्यहाँ जग्गा नै पाइँदैन । यो अवस्थाबाट सिकेर बाहिरी वडाहरु जहाँ जग्गा छ । त्यहाँ पार्क बनाउने योजना कार्यान्वयन भइरहेका छन् ।’ उपमेयर खड्गी श्रेष्ठको भनाइ थियो ।कमलपोखरी वडा १ को शान पनि हो र पहिचान पनि हो । कार्यक्रममा वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले भन्नुभयो, ‘हामी निर्वाचित भएर आएपछि पोखरीको मर्मतका लागि सानो योजना बनाएका थियौँ । यो योजनालाई महानगरमा पु¥याएपछि पुननिर्माणको गुरुयोजना बन्यो । यसबाट वडाको समृद्धिका लागि गणना हुने सम्पदा थपिएको छ ।’त्यस क्रममा स्थानीयहरुले दिगो व्यवस्थापनका लागि महानगरले नियमित ख्याल गर्नुपर्ने सुझाव दिएका थिए।

२०७५ साउन २६ गते स्थानीय र सरोकारवालाहरुसँग छलफल गरेर महानगरको सहरी योजना आयोगले आफ्नो योजना सार्वजनिक गरेको थियो । त्यसपछि चरणगत रुपमा प्रदेश र संघीय संसद सदस्य तथा सरोकारवालाहरुसँग छलफल गरेको थियो । गुरुयोजनाका विषयमा गरिएको छलफलका क्रममा प्राप्त सुझाव समेटेर प्रस्तावलाई कार्यान्वयन योग्य योजनाका रुपमा अघि बढाइएको थियो ।पुननिर्माणका क्रममा ०७७ चैत मसान्तसम्ममा करिब साढे २ करोड लिटर पानी भरिएको थियो । पोखरीमा पानीको सतह घट्न नदिन आकाशे पानी संकलनजस्ता प्राकृतिक प्रविधि र वाह्य स्रोतबाट पानी प्राप्त गर्न सकिने दुवै विधि जडान गरिएको छ ।पार्क भित्र पोखरी वरिपरि ठूला—ठूला ढुंगा छापिएका सिंढी बनाइएका छन् । पोखरीको सौन्दर्य हेर्नका लागि पूर्वतर्फबाट ६० मिटरभित्र पुग्ने बाटो र झिँगटीको छानोयुक्त मण्डप बनाइएको छ । यस्तै पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने ४ ओटा मण्डप बनाइएका छन् । मण्डपमा पुग्न पुग्न कलात्मक सिँढीहरु बनाइएका छन् । कमल रोप्नका लागि ४ कुनामा साना—साना पोखरी बनाएर कमल रोपिएको छ । आगन्तुकलाई बस्नका लागि चौताराहरु बनाइएका छन्।

पोखरीमा प्रवेश गर्न पूर्वतिर मूल गेट राखिएको छ भने अन्य ३ कुनामा प्रवेश द्वार बनाइएको छ ।बपुननिर्माण गुरु योजनाअनुसार निर्माणको काम २ चरणमा हुनेछ । पहिलो चरणमा पोखरी र पोखरी संरचनासँग जोडिएका काम सकिएको हो । दोस्रो चरणमा दक्षिणतर्फ साविकमा प्रहरी बीट भएको ठाउँलगायत वरिपरि पार्क निर्माण र हरियाली विकास, खुल्ला शारीरिक व्यायाम स्थल, व्याटमिन्टन र बास्केटबल कोर्टलगायत संरचना बनाइनेछ । प्रहरी वीट कमलपोखरी पुननिर्माणका क्रममा यहाँबाट स्थानान्तरण गरिएको हो। पोखरी निर्माण र पार्क निर्माण गर्दा नेपाली इट्टा र दर्सिन ढुंगाको प्रयोग गरिएको छ।

विभिन्न ठाउँमा ९ वटा चैत्य राखिएका छन् भने पूर्वउत्तर कुनामा ५ ओटा मकरधारा बनाइएका छन् । पोखरी पुर्ननिर्माण गर्दा पानीको पर्याप्तता र गुणस्तरलाई ध्यान दिइएको छ ।पोखरीको सरसफाइ र सुरक्षा, अतिक्रमण र दुरुपयोग रोक्नुपर्ने, स्थानीय जीवन र पर्यटनसँग पोखरी व्यवस्थापनलाई अन्तरसम्बन्धित बनाउनु पर्ने, पोखरीको पानीलाई स्वच्छ बनाइराख्नु पर्ने, बालमैत्री, जेष्ठ नागरिकमैत्री उपयोग, खेलकुद र धार्मिक गतिविधि सञ्चालनजस्ता विषय पोखरी व्यवस्थापनका लागि सोच्नु विषय हुन्।