२०८१ बैशाख १४, शुक्रबार

रुसी आक्रमणबात युक्रेनी अभिनेत्री ओक्साना स्भेत्सको मृत्यु

रसिया श्रेष्ठ | सिल्लागा पारु ११४२, ५ सनिवाः

रुसले गरेको रकेट आक्रमणबात युक्रेनी अभिनेत्री ओक्साना स्भेत्सको युक्रेनको राजधानी किभस्थित एउटा आवासीय भवनमा मृत्यु भएको छ । ६७ वर्षिया अभिनेत्री योङ्ग थियटरसँग आवद्ध थिइन्।
 
उनको जन्म सन् १९५५ को १० फेब्रुअरीमा भएको थियो। उनले इभान फ्रान्को थियटरको थियटर स्टुडियो र किभ स्टेट इन्स्टिच्युट अफ थियटर आर्ट्सबाट स्नातक हासिल गरेकी थिइन् ।
 
थियटर र चलचित्रमा दशकौंदेखि काम गर्दैै आएकी उनी थुप्रै मान–सम्मान लगायत ‘युक्रेनको सम्मानित कलाकार’को उपाधिबाट समेत विभूषित छिन्।
 
उनले विगतमा टर्नोपिल म्यजिक एन्ड ड्रामा थियटर र किभ थियटर अफ सटायरमा पनि काम गरेकी थिइन् । युक्रेनको अंग्रेजी भाषामा निस्कने राष्ट्रिय दैनिक किभ पोस्टले पनि उनको मृत्यु पुष्टि गरेको छ।