२०८१ बैशाख १३, बिहिबार

सामाजिक परीक्षणका लागि कामको प्रगति, आय र खर्च सार्वजनिक

लहनान्युज | चिल्लागा अष्टमी ११४२, ११ शुक्रवाः

काठमाडौँ महानगरपालिकाको वडा नं. १५ ले सामाजिक परीक्षणका लागि कामको प्रगति, आय र खर्च विवरण सार्वजनिक गरेको छ।
 
आज एक कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्थानीय टोल सुधार समिति, उपभोक्ता समिति, क्लव तथा संघसंस्थाका प्रतिनिधि भेला गरेर वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले यसप्रकारको विवरण सार्वजनिक गर्नुभएको हो । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि चालु आर्थिक बर्षको फागुन मसान्तसम्मका कार्यक्रम, आय तथा खर्चको विवरणमा सार्वजनिक गरिएको छ। यस विवरणमा कार्यक्रम ÷योजनाको लागत रकम पनि उल्लेख गरिएको छ। कार्यक्रममा सम्पन्न कामको श्रव्य—दृश्य समेत देखाइएको थियो।
 
प्रगति विवरण सार्वजनिक गर्दै प्रवक्ता एवं वडाध्यक्ष डंगोलले, कोविड महामारी  व्यवस्थापनमा कार्यकालको धेरै समय खर्च भएको उल्लेख गर्नुभयो। ‘हामी अझै काम गर्न सक्ने क्षमता राख्थ्यौँ । कोविडका कारण र्भाैतिक पूर्वाधार र सामाजिक क्षेत्रमा पूर्ण क्षमताबाट काम गर्न पाएनौँ।’ डंगोलले भन्नुभयो, ‘आधार तयार भएको छ। यसलाई थप गर्दै लान सकिन्छ।’
 
वडाले प्रस्तुत गरेका विवरणका सन्दर्भमा प्रतिक्रिया दिँदै नेकपा एमालेका १५ वडा कमिटीका अध्यक्ष, धावा रुम्बा, एकीकृत माओवादी केन्द्रका ताराबहादुर रानाभाट, ने. क.  पा. (यस) का अध्यक्ष राजा शाक्यले वडाले प्रतिकुला समयका बाबजुद उल्लेख गर्न सकिने काम गरेको भन्दै प्रशंशा गर्नुभयो। नेपाली कांग्रेसका एकाइ सभापति जीवन डंगोलले, पूर्वाधार सुधारमा भएका कामलाई दीर्घकालीन बनाउन र केन्द्रीय योजनासँग थप समन्वय गरेर ठूला योजना कार्यान्वयन गर्न सकिनेमा केही कमजोरी रहेको औँल्याउनु भयो। 
 
उहाँहरुले उठाउनु भएका प्रश्नहरुको उत्तरमा दिँदै वडाध्यक्ष डंगोलले, आपसी छलफलबाट नै अपेक्षित उपलब्धी प्राप्त गर्न सकिने बताउनुभयो। यसै गरी शिक्षाका क्षेत्रमा उठेका सवालको उत्तरमा वडा सदस्य आनन्द गौत्तमले, स्थानीय सरकारको प्रयोग गर्नु पर्ने अधिकार संघीय कानूनले रोकेर चाहे जति शिक्षाको विकासमा काम गर्न कठिन रहेको उल्लेख गर्नुभयो । 
 
योजना कार्यान्वयनका सन्दर्भमा स्थानीयसँग प्रत्यक्ष सम्पर्कमा बसेर काम गरेका कारण योजनाका विषयमा निर्धक्क बोल्न सकिने अवस्था रहेको अर्का वडा सदस्य निमाघ्याम्छे तामाङ्को भनाइ थियो। यसै गरि मैयालक्ष्मी महर्जनले, सामाजिक क्षेत्रका काम गर्न बजेट भए पनि विश्वव्यापी महामारीका कारण स्वीकृत कार्यक्रम कार्यान्वयनमा लैजान कठिन भएको अनुभव सुनाउनुभयो।
 
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कृष्णबहादुर खड्गी उपस्थित हुनुहुन्थ्यो । उहाँले कार्यक्रममा कुनै प्रतिक्रिया राख्नुभएन। 
 
आ. व. २०७४÷०७५ मा भौतिक पूर्वाधारतर्फ ४७ वटा र सामाजिक विकासतर्फ ९ वटा कार्यक्रम सम्पन्न गरेको वडाले आ. व. २०७५÷०७६ मा ४२ वटा पूर्वाधार विकास र २ वटा सामाजिक विकासका कार्यक्रम सम्पन्न ग¥यो । यसै गरी आ. .व. २०७६÷०७७ मा पूर्वाधारतर्फ ५४ वटा, सामाजिक विकासतर्फ ५ वटा, आ. व. २०७७÷०७८ मा पूर्वाधारतर्फ ४० वटा, आ. व. २०७८÷०७९ को फागुन मसान्तसम्ममा पूर्वाधार विकासतर्फ ५७ वटा र सामाजिक विकासतर्फ ३ वटा योजना सम्पन्न भएका छन् । 
 
सेवा व्यवस्थापनमा सहज बनाउन वडा कार्यालयलाई स्तरोन्नति गरेर कक्ष थप गरिएको छ। व्हिल चेयर प्रयोगकर्ता सेवाग्राहीलाई कार्यकक्षमा पुग्न ¥याम बनाइएको छ। कार्यालय परिसरमा निःशुल्क वाइफाइ वितरण गरिएको छ। सहयोग कक्ष निर्माण गरेर स्वयम्सेवकमार्फत सेवाग्राहीमैत्री वातावरण बनाइएको छ।
 
सम्पदा संरक्षणतर्फ डल्लु चौताराको उत्खनन तथा पुननिर्माण, डल्लु आवास क्षेत्रसँगैको ढुङ्गेधारा, किमडोल चोकको ढुङ्गे धारा र मेह्छौ हिटीको पुननिर्माण गरिएको छ। दाताहरुसँगको सहयोगमा स्वयम्भू चैत्य परिसरमा रहेको पुजारीहरुको घरलाई एकीकृत आवास विकास (हाउस पुलिङ्) गरिएको छ। यसमा करिव १५ करोड रुपैयाँ खर्च लागेको छ । भगवान पाउमा सम्यक महादान स्थल कमलपोखरी (पलेस्वाँ पुखु) पुननिर्माण र यससँगै रहेको जग्गामा धर्मचक्र पार्क निर्माण गरिएको छ। 
लखतीर्थ सुधार गुरुयोजना कार्यान्वयन भइरहेको छ। शोभा भगवती मन्दिर पुननिर्माण तथा विजेश्वरी मन्दिर र विष्णुमती लिङ्करोडमा रहेको विष्णु मन्दिर संरक्षण गरिएको छ।
 
वडाले ८३.५ रोपनी जग्गा संरक्षण गरेको छ। यसरी संरक्षण गरिएको जग्गामा पार्क बनाइएको छ । यसरी पार्क बनाउँदा संघीय संसद र प्रदेश सभा सदस्यहरुबाट सहकार्य गरिएको छ।
 
कोविड रोकथाम तथा व्यवस्थापन गर्ने क्रममा वडाले ४ हजार ५ सय व्यक्तिलाई श्रममा आधारित राहत वितरण ग¥यो । त्यस्तै बन्दाबन्दीका अवधिमा ३० दिन वडाका ५ ठाउँबाट करिब ६० हजार व्यक्तिलाई निःशुल्क खाना वितरण ग¥यो। यस्तै ५ सय जना अशक्त, असहाय, अपाङ्ग, ज्येष्ठ नागरिकलाई कम्बल, ज्याकेट तथा टोपीलगायत सामग्री वितरण ग¥यो । यसरी सहायता वितरण गर्दा दाताहरुबाट समेत सहयोग लिएको थियो।
 
वडालाई उज्यालो बनाउन १२ वाटदेखि १ सय वाटसम्मका एलइडी बत्ती जडान ग¥यो । यस क्रममा पहिलो बर्ष ५ सय ४२ वटा, दोस्रो बर्ष ६ सय ८४ वटा, तेस्रो बर्ष १ हजार ६५७ वटा, चौथो बर्ष १ हजार २८४ र चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा १ हजार २७५ थान सडक बत्ती जडान भए।
 
आ. व.  २०७३÷०७४ मा २ करोड १७ लाख १५ हजार ४ रुपैयाँ राजस्व संकलन गरेको वडाले २०७४÷०७५ मा ३ करोड २९ लाख ३७ हजार २०७ रुपैयाँ, आ. व. २०७५÷०७६ मा ४ करोड ७७ लाख ८७ हजार ८७२ रुपैयाँ संकलन ग¥यो। यसै गरी २०७६÷०७७ मा ५ करोड ३४ लाख ४७ हजार ५६३ रुपैयाँ, आ. व. २०७७÷०७८ मा ८ करोड ८५ लाख ३२ हजार ७२७ रुपैयाँ र चालु आर्थिक बर्ष (२०७८÷०७९) को फागुन मसान्तसम्ममा ५ करोड ४७ लाख ८८ हजार ३३६ रुपैयाँ संकलन गरेको छ।