२०८१ बैशाख १४, शुक्रबार

युक्रेन युद्धलाई लिएर अमेरिका र रुस आरोप–प्रत्यारोप

लहनान्युज | चिल्लागा दशमी ११४२, १३ आईतवाः

युक्रेन युद्धलाई अमेरिका र रुस आरोप–प्रत्यारोपमा उत्रिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गर्नुभएको छ।
 
बाइडेनले सम्बोधन गर्दैगर्दा रुसले पोल्यान्डको सीमाबाट झण्डै ४० माइलको दूरीमा रहेको युक्रेनको लभिभ सहरमा आक्रमण गरेको छ । साथै बाइडेनको टिप्पणीमा जवाफ दिँदै रुसी राष्ट्रपति कार्यालयले पुटिन शक्तिमा रहने वा नरहने भन्ने निर्णय बाइडेनको नभइ रुसी नागरिकको रहेको प्रतिक्रिया दिएको छ।
 
युक्रेनमा गरेको आक्रमणलाई लिएर बाइडेनले रुसी राष्ट्रपति पुटिनलाई पदमा बस्न लायक नरहेको टिप्पणी समेत गर्नुभएको छ। पोल्यान्डको राजधानी बार्सामा भएको कार्यक्रममा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले पुटिन शक्तिमा रहन नहुने समेत बताउनु भएको छ।
 
क्रेमलिनले रुसी नागरिकले चुनेका पुटिनबारे निर्णय गर्ने बाइडेन को हुन् ? भन्ने प्रश्न समेत गरेको बीबीसीले जनाएको छ।