आज र भोलि वर्षा हुने
रसिया श्रेष्ठ | चिल्लागा त्रयोदशी ११४२, १६ बुधवाः
प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आज र भोलि वर्षा हुने मौसमविदले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा अनुसार वर्षा क्षणिक र हल्का खालको हुने छ ।
बादल लागेर धुम्म हुने अवस्था भने पछिसम्म पनि कायम रहने र प्रदूषण पनि तत्कालै नहट्ने उनले बताइन्।
भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण अहिले काठमाडौं उपत्यका सहितका भूभागमा हल्का वर्षा भएको छ। अहिले प्रिमनसुन अवधि जारी छ।
मार्च १ देखि मे महिनाको अन्तिमसम्मको अवधिलाई प्रिमनसुन अवधि भनिन्छ । यो अवधिमा हावाहुरी चल्नुका साथै मेघ गर्जन र चट्याङ बढी पर्छ।
त्यसैले चट्याङबाट जोगिन विशेष सावधानी अपनाउनु पर्ने मौसमविदको सुझाव छ।