२०८१ बैशाख ४, मंगलबार

महिला सशक्तीकरण कार्यक्रमको कार्यालय उद्घाटन

लहनान्युज | चिल्लागा त्रयोदशी ११४२, १६ बुधवाः

कीर्तिपुर नगरका विद्यालयका विद्यार्थीहरूलाई लामो समयदेखि प्राइमरी एजुकेशन प्रोग्राम (PEP) संस्था मार्फत सहयोग गरिरहनु भएका जर्मन नागरिक वेलफ्रेड गार्टेन परिवारले महिला सशक्तीकरण कार्यक्रमको लागि पनि सहयोग गरेको छ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सो कार्यक्रम सञ्चालनका लागि स्थापित कार्यालयको बिहीबार उद्घाटन गर्नुभयो। कार्यालयको उद्घाटन गर्नुहुँदै नगर प्रमुख महर्जनले महिला सशक्तीकरण र रोजगारसँग जोडिने गरी विभिन्न कार्यक्रमहरू नगरपालिकाले गरिरहेको बताउनुहुँदै नगरपालिकासँग सहकार्य गर्न सकिने र सहयोग पनि गर्ने समेत बताउनुभयो।

संस्थाका अध्यक्ष नन्दकुमारी महर्जन (नानी मिस)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वेलप्रेड गार्टेन जर्मनबाटै भच्र्युल माध्यमबाट सहभागी हुनु भएको थियो भने उप–प्रमुख सरस्वती खड्काले पनि आफ्नो मन्तब्य राख्नु भएको थियो।संस्थाका विजय डंगोलले सञ्चालन गर्नुभएको कार्यक्रममा छिट्टै नै महिलाहरूद्वारा स्कुलका विद्यार्थीहरूको युनिफर्म सिलाउने कामको थालनी हुने बताइएको छ।