२०८१ बैशाख ७, शुक्रबार

चट्टान आरोहण गराउन सिकाउँंदै सगरमाथा आरोही कल्पना

लहनान्युज | चौलाथ्व चतुर्थी ११४२, २२ मंगलवाः

साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । इलाम नगरपालिका वडा नं. ८ मा रेहको  चट्टान आरोहणमा १ हप्ताको प्रारम्भिक तालिम संचालन भएको हो। 
 
तालिमको लागि काठमााडौंबाट विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन त्यहाँं पुगेकी छिन् । त्यहाँं पुगेर आफूले तालिम दिन थालेको उनले जनाइन्। कल्पनाको साथमा प्रशिक्षक मनिषा बुडामगर र सुसान्त ढुंगेल पनि रहेका छन् ।   
 
तालिमको आयोजना याम बहादुर (कमल) फाएडेशन इलामले आयोजना गरेको हो । इलाम नगरपालिकाले त्यसका लागि सहयोग गरेको छ। इलामका विभिन्न ठाउँका १० जना युवाहरुले यो तालिममा सहभागिता भएका छन् । 
 
एक हप्ताको प्रारम्भिक तालिम पश्चात केचना कंचनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँ चट्टान आरोहण गराउने उद्देश्य रहेको जनाइएको छ । 
 
तालिममा सहभागीहरुलाई विस्तारै थप चट्टान आरोहण तालिम दिदै जाने जनाइएको छ। इलाम नगरपालिकामा साहसिक पर्यटकहरुलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलाम एउटा उत्कृष्ट गन्तब्यको रुपमा विकाश गर्ने प्रारम्भिक कार्यको थालनी समेत भएको छ। पर्यटकीय नगरपालिका देशका पुराना नगरपालिकामध्येको एक हो इलाम नगरपालिका ।
 
इलाम नगरपालिका १७३.३२ वर्ग कि.मी क्षेत्रमा फैलिएको छ। ऐतिहासिक, सांँस्कृतिक सम्पादहरुको साथै भाौगोलिक विविधता रहेको यो नगर साहसिक खेलको लागि पनि उत्तिकै महत्व रहेको छ।