२०८१ बैशाख १४, शुक्रबार

निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्छ –कांग्रेसका नेता डा. शशांक कोइराला

लहनान्युज | चौलाथ्व अष्टमी ११४२, २६ सनिवाः

आउँदो निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बताएका छन् । 
 
सत्ता गठबन्धनबीच निर्वाचनमा तालमेल नभए नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच सहकार्य हुन सक्ने खतरा रहेको पार्टी सभापतिको चिन्ता स्वाभाविक रहेको उनले बताए ।
 
शनिबार नेविसंघ इलाम–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले कांग्रेसले देश र जनताका लागि गरेको योगदानको वास्तविक परीक्षण गर्न पनि एक्लै प्रतिस्पर्धामा जानुपर्नेमा जोड दिए ।
 
सत्ता गठबन्धनबीच निर्वाचनमा तालमेल नभए नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच सहकार्य हुन सक्ने खतरा रहेको पार्टी सभापतिको चिन्ता स्वाभाविक रहेको उनले बताए ।