२०८१ बैशाख २६, बुधबार

काठमाडौंमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने

लहनान्युज | चौलाथ्व अष्टमी ११४२, २६ सनिवाः

लघुवित्त क्षेत्रमा देखिएको विकृति तथा विसंगतिका बारे काठमाडौंमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ ।
 
शनिबार पत्रकार सम्मेलन गर्दै स्वावलम्बन विकास केन्द्रले यही चैत २८ र २९ गते सम्मेलन हुने जानकारी दिएको हो ।
 
प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने उक्त सम्मेलनमा देशभरबाट करिब ८०० जना सहभागी हुने केन्द्रले जनाएको छ ।
 
हाल मुलुकभर करिब ७९ लघुवित्त र १५० सहकारीले ७७ जिल्ला पुगेर सेवा प्रभाव गरिरहेको केन्द्रले जनाएको छ ।
 
लघुवित्त क्षेत्रबाट ४३० अर्बभन्दा बढी रुपैयाँ कर्जा लगानी रहेको छ भने तीन वर्षमा ३० लाख विपन्न परिवारमा लघुवित्त सेवा विस्तार गरिएको केन्द्रले जनाएको छ ।