२०८१ बैशाख ११, मंगलबार

चीनमा बढ्दै छ कोरोना सक्रमित

लहनान्युज | चौलागा तृतीया ११४२, बैसाख ६ मंगलवाः

चीनमा केहि दिनदेखि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । सांघाईमा गत मार्चमा संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ ।

सांघाईमा सन् २०२० को मार्चयता सोमबार पहिलो पटक कोरोनाका कारण मृत्यु भएको हो ।सहरका सबै नागरिकको सामूहिक परीक्षण गर्न लागिएको जनाइएको छ।

सहरमा जारी निषेधाज्ञाका कारण लाखौं मानिसहरू घरभित्र बस्न बाध्य छन् । दैनिक २० हजार जनाभन्दा बढी मानिसमा संक्रमण पुष्टि भइरहेकाले सरकारी अधिकारीहरूमाथि पनि चुनौती थपिएको छ ।

सांघाईमा सोमबार माक्रै २२ हजार २ सय ४८ जनामा संत्रमण पुष्टि भएको जनाइएको छ । केही सातायता सहरका प्रदर्शनी हल, विद्यालय तथा खुला स्थानलाई क्वारेन्टिन तथा अस्थायी अस्पताल बनाउन प्रयोग गरिएको छ ।