२०८१ बैशाख १४, शुक्रबार

सामाजिक अभियन्ता कल्पना महर्जनले बालबिवाह रोकथाम अभियान थाले

लहनान्युज | चौलागा द्धादशी ११४२, बैसाख १४ बुधवाः

बिश्व कीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालबिवाह रोकथाम अभियानलाई थालेकी छिन्। कल्पनाले ललितपुर जिल्लाको दुर्गम गाउँं डुकुछापबाट अभियानको सुरुवात गरेकी छिन्।
 
कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा ललितपुरको गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार बस्तीमा पुगेर सचेतना अभियानको थालनी गरेकी हुन्। कल्पना ती स्कुल र वस्तीमा पुगेर बालबाबिबाहका विषयमा जानकरी दिन पुगेकी हुन्।
 
साथै उनले बालविबाहका नकारात्मक पक्षहरुका विषयहरुमा जानकारी दिंदै वालविवाह नगर्न नगराउन आग्रह गरी जनचेतना जगाएकी हुन्। कल्पनाले सगरमाथा चढ्दा वि.सं. २०७६ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको बालबिवाह रोकथाम अभियान गर्ने सगरमाथाको चुचुरोबाट उद्धघोष गरेकी थिइन्।
 
नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो । नेपालको वि.सं. २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार अधिराज्यभर दनुवारहरुको सड.ख्या ८४ हजार एक सय १५ रहेका छन् । नेपालको काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड, सुनसरी, रौतहट मकवानपुर, सर्लाही आदि जिल्लाहरुमा दनुवारहरु बसोबास गर्दै आएका छन्।
 
दनुवार जाति भरसक आफ्नै गाउँमा विवाह गर्छन् । यो समाजमा बालविवाह एवम् बहु विवहाको प्रचलन छदैछ। गरिबी जनचेतनाको अभवा जस्ता बाध्यात्मक कारण बाहेक सामाजिक सञ्जाललगायतको बढ्दो प्रयोगसँगै स्वेच्छाले परिवारको स्वीकृति विना पनि भागेर बालविवाह हुने गरेको वास्तविकता पनि छ।
 
बिश्वको सर्वोच्च शिखर सगरमाथाको दुबै मोहोडा नेपाल दक्षिणीतर्फबाट (सन् २०७५ जेष्ठ ९ गते) उत्तरी मोहोडा (तिब्बततर्फबाट सन् २०७६ जेष्ठ ९ गते) का दिन सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकारको बिश्व कीर्तिमानी राख्न कल्पना सफल बनेकी हुन्।
 
ललितपुर महानगरपालिका स्थापना भएको १०० औं दिन तथा वाडंमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०० औं जन्मोत्सवको उपलक्षमा कल्पनाले सर्वोच्च शिखरबा नगरपालिको लोगो अंकित झन्डा र जोशीको फोटो अंकित झन्डा सर्वोच्च शिखरको सगरमाथामा फह¥याएका थिइन् ।
 
एक्स्पेरियन्स आउटडोर्स नेपालको ब्यवस्थापनमा भएको सगरमाथा आरोहणको सिलसिलामा बोकेको नारा शिक्षाको माध्यबाट बालबिवाह रोकथाम अभियान २०१९ू वि.सं. २०७५ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाबाट उदघोष गरेकी थिइन्। यो अभियान कीर्तिमानी सगरमथा आरोही कल्पनाले संस्थाका थप साझेदार सामुदायिक विद्यालयहरुमा प्रभावकारी ढंगले अघि बढाउने बताएकी छिन्।