२०८० चैत्र १६, शुक्रबार

शताब्दी पुरानो खोकनामा एमालेका उम्मेदवारको आश्वासन

लहनान्युज | बछलाथ्व नवमी ११४२, बैसाख २७ मंगलवाः

स्थानीय तहको निर्वाचन आउन चारदिन बाकी रहदा उम्मेदवारको घरदैलो कार्यक्रमले तिब्रता पाएको छ । ललितपुर महानगरमा एमालेका उम्मेदवारको घरदैलो अभियान ऐतिहासिक नगरमा केन्द्रीत भएको छ । 
 
बिहान शताब्दी पुरानो दशै नमनाउने गाउमा  खोकनामा पुग्दा एमालेका मेयरका उम्मेदवार हरीकृष्ण ब्यञ्न्जनकार र उपमेयरका उम्मेदवार मञ्जली शाक्यले ऐतिहासिक नगरी खोकना क्षेत्रको विकासमा आफुहरुले विशेष प्याकेज घोषणा गर्ने बताए ।   
 
चुनावी घोषणापत्र सहित २१ नम्बर वडावासीको घरदैलोमा पुग्दा उहाहरुले खोकनालाई विश्वसम्पदा सुचीमा सुचीकृत गर्ने विषय मुख्य प्राथमिकतामा रहेको बताए । खोकनाभित्र सानो र ठुलो गरी दुई खोकना छन् । यहाको सिकाली जात्रालाई विशेष सांस्कृतिक जात्राको रुपमा अघि बढाइने मेयर उपमेयरको भनाई थियो । उनीहरुले जनताको आश्वासन ग्रहण गर्दै यीसमस्या समाधान गर्न एमालेको नृतचृत्व आवश्यक रहेको बताए । 
 
भुकम्पले ध्वस्त ऐतिहासिक रुद्रायणी मन्दीर पुननिर्माण जारी रहेको अवस्थामा मन्दीर परिसर अवलोकन गर्न वडा अध्यक्षका उम्मेद्दवार ज्ञानभक्त महर्जन र वडा सदस्य सहित  पुगेको दुई उम्मेदवारले ललितपुर महानगरपालिकामा मेयर,उपमेयर र  सबै वडामा एमालेको सत्ता हुने बताएका थिए । 
 
रुद्रायणी मन्दीर जिर्णोद्धार हुदै गर्दा रकम अपुग भए एमालेले सहयोग गर्नेछ–मेयर र उपमेयरका उम्मेदवारले भने । मन्दीर जिर्णोद्धार गर्न  ओली सरकारर्ले बजेट विनीयोजन गरेको थियो ।  कार्यक्रमा मेयर र उपमेयरका उम्मेदवारले खोकना, वुंगमती, हरिसिद्धी , सुनाकोठी लगायत एतिहासिक नगरको विकास गर्न एमालेको नेतृत्व अनिवार्य रहेको बताए । 
 
सो वडाका उम्मेदवारले एमालेको विजयी भएमा खोकना क्षेत्रलाई पर्यटकीय हब हनाउने घोषणा गरेका थिए । खोकनालाई तेलको शहरको रुपमा पनि चिनिन्छ । यहाको तेल विश्वभर प्रसिद्ध छ ।
 
घरदैलो कार्यक्रममा वडा अध्यक्षका उम्मदवार ज्ञानभक्त डंगोलले घोषणापत्रमा उल्लेख भएका विषयलाई पुर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरे । अघिल्लो निर्वाचनमा वडा सदस्य विजयी भएका डंगोलको नेतृत्वमा लक्ष्मी शोभा डंगोल, सालिकराम महर्जन र हरिराम डंगोल छन् । सो वडामा दलित महिलाले उम्मेदवार दिएको छैन ।  
 
प्रतिबद्धतापत्रमा  खोकनामा एमालेले विजयी हासिल गरे समुदायको सहभागितामा योजना तयार गर्ने, भ्रष्टारचार शुन्य गर्ने, जनसेवकको नेतृत्वमा अवधारणा तयार गरी लागु गराउने  सामुदायीक विद्यालयलाई उत्कृष्ठ बनाउने, प्राबिधिक शिक्षामा जोडदिने, स्वास्थ थआहार विहार सुखी खोकनावासीको आधार अवधारणालाई कार्यन्वयन गर्ने, जात्रामा सबैको स्वाथ्य परीक्षणको व्यवस्था गर्ने , स्वाथ्य चौकीको स्तरउन्न्ती गर्ने, उद्यमशिल विकास , शिक्षित युवालाई लोकसेवा , न्याय, शिक्षकसेवा सुरक्षा र वैदेशिक रोजगारी कक्षा सञ्चालन गर्ने , खोकनालाई तरकारी धानमा आत्मनिर्भर गराउने, युवालाई ब्यावसायसञ्चालनमा ऋण दिने लगायतका प्रतिबद्धता समावेश गरीएको छ ।
 
वडाले वालबालिका र जेष्ठ नागरीक, युवा र खेलकुद, भौतिक पुर्वाधार ,सुसासन समानता लगायत विषय समावेश छन् । वडा अध्यक्षका उम्मेदवार डंगोलले वडामा एमालेको नेतृत्व आएमा तत्काल योजना तयार गरी कायान्वयन गर्ने बताए । उनले भने –ऐतिकासिक नगरी खोकनालई पर्यटकीय हब बनाउन  आफ्नो टिम पुर्ण रुपमा खटिने छ । एमालेले जारी गरेको प्रतिबद्धतापत्र कार्यान्वयन गर्न वडाकै विज्ञ सहितको विशेष टोली निर्माण गर्ने बताए।