२०८१ बैशाख २६, बुधबार

संस्कृति, सम्पदा संरक्षणमा काम गर्ने छु –विनोद ताम्रकार

लहनान्युज | बछलाथ्व नवमी ११४२, बैसाख २७ मंगलवाः

स्थानीय निर्वाचन २०७४ मा ललितपुर महानगरपालिका १९ वडाबात निर्वाचित वडाअध्यक्ष विनोद ताम्रकारले फेरी पनि उम्मेदवारी दिएका हुन्।

अहिले ताम्रकारले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। आफु वडाध्यक्षमा जितेपछि वडामा स्वरोजगारीको वातावरण बनाउन स्वरोजगारी समूहलाई विना ब्याज ५ लाख रुपैयाँसम्म ऋण दिनका लागि सहजिकरण गर्ने बताएका छन्।

त्यस्तै युवाहरुको आत्मनिर्भरताको लागि निमित्त फोटोग्राफी र सूचना प्रविधिको तालिम संचालन गर्ने पनि उनले बताएका छन्। संस्कृति, सम्पदाको संरक्षणका लागि आफुले काम गर्ने उनले बताए । ‘पहिलो कार्यकालमा पनि सम्पदा, संस्कृतिको संरक्षणमा काम गरेका छु।

विगतमा पूरा नभएका कामहरु आगामी कार्यकालमा पूरा गर्नेछु र भइरहेका कामहरुलाई अझ व्यवस्थित बनाउनेछु’ ताम्रकारले भने ।स्थानीय भाषालाई प्रोत्साहन गर्ने र वडाबासीको शिक्षा, स्वास्थ्यमा सहज पहुँच बनाउने, ढल निकास व्यवस्थित गर्ने, फोहर मैलाको व्यवस्थापन लागयतका योजना उनले सार्वजनिक गरेका छन्।